मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली Nepalpatra मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली
१४ मंसिर २०७९, बुधबार

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

मलङ्गवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।”

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !