१२ बैशाख २०८१, बुधबार

स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : देउवा


sher bahadur dewa

१२ वैशाख, काठमाण्डौ । काँग्रेसका सभापति शेरबहादुर देउवाले चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताए ।

उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”– उनले भने ।

स्वर्गीय ठकुरीले देखेका सपना पूरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु