१२ बैशाख २०८१, बुधबार

विप्लवले स्वतन्त्र उम्मेदवारी दिने, एमालेसँग चुनावी तालमेल गर्ने


नेत्रविक्रम चन्द

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

संवैधानिक रुपले दल दर्ता गर्न नमिलेपछि विप्लवले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

निर्वाचनमा आवश्यकताका आधारमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल हुने एक नेताले जानकारी दिए ।

महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गर्ने पक्षमा छन् भने हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म तालमेल गर्नुपर्ने पक्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !