८ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष केपी ओली आज विराटनगर जाँदै


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुधबार विराटनगर जाँदै छन् । प्रदेश १ को राजधानी विराटनगरको एमाले मोरङको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली जाने भएका हुन् ।

आज बिहान १० बजे हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा आउन चाहेका नेता-कार्यकर्ताहरुलाई ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । विराटनगरको कार्यक्रम सकेपछि अध्यक्ष ओली सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको एमाले स्रोतले बताएको छ ।

ओली अहिले विभिन्न पार्टी छोडेर एमालेमा आउन चाहेका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउन देश दौडाहा कै क्रममा छन् । एमाले एक्लैले स्थानीय निर्वाचनमा लडेर चुनाव जित्न सक्षम छ भनेर ओलीले बाहिर जतिसुकै दावी गरेपनि एमालेवाट टुक्रिएर गएको माधव नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एमालेका भोट काट्न सक्ने देखिन्छ ।

यसका साथै पाँचदलीय सत्ता गठबन्धनले स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेसंगै एमालेका यो स्थानीय निर्वाचन फलामको चिउरा जस्तै भएको छ । प्रचण्ड र नेपालसंग ओलीले शीतयुद्धरुपी जुँगाको लडाई पनि जित्नै पर्ने बाध्यता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !