१३ बैशाख २०८१, बिहिबार

एमालेद्वारा तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस


एमाले

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको मेयरका लागि ४ जनाको नाम सिफारिस गरेको छ । एक नेताका अनुसार मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तैगरी एमालेले उपमेयरका लागि जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !