१३ बैशाख २०८१, बिहिबार

मन्त्री झाँक्रीले भनिन्- सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती छ


रामकुमारी झाक्री File Photo

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।

मन्त्री झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको समेत बताएकी छन् ।

मन्त्री झाँक्रीले अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री झाँक्रीले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !