१२ बैशाख २०८१, बुधबार

देउवा सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने बताएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर नहुने समेत बताए । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए । अध्यक्ष ओलीले सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको आरोप समेत लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !