१३ बैशाख २०८१, बिहिबार

एमालेद्वारा नेपालगञ्जको मेयर र उपमेयर छनोट


एमाले

नेपालगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोट लगाएको छ ।

एमालेले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए । मिश्र स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

मिश्र र ढकाल एमालेको केन्द्रीय सदस्य हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !