१३ बैशाख २०८१, बिहिबार

निर्वाचनका समयमा सही सूचना प्रवाह गर्नुपर्छ : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्रिर्याको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताए ।

“आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भने ।

निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गरे ।

सूचनाको प्रभाव व्यापक ढङ्गले पर्दै आएको विश्वव्यापी उदाहरण दिँदै उनले सही सूचना जनतासमक्ष जति पु¥याउन सकियो त्यति नै जनता बलियो हुने बताए ।

सभामुख सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएको भन्दै त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !