११ बैशाख २०८१, मंगलबार

शंकर पोखरेलको टिप्पणी : देउवाबिना प्रचण्डको भविष्य छैन


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले उनले प्रचण्ड र नेपाललाई कांग्रेस सभापति देउवासँगै जान दिनुपर्ने बताए । एमालेका महासचिव पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने, केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनकाे भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कम्युनिष्ट आन्दोलनमा जोड्न आवश्यक नरहेको समेत उनले बताए ।

महासचीव पोखरेलले उनीहरूसँग भएका कार्यकर्तालाई भने एमालेमा जोड्न लाग्नुपर्ने तर्क छ । उनले शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अन्तर्राष्ट्रिय रूपमा छवि राम्रो बनाउन सकेको एमालेका उनकाे दावी छ ।

उनले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राखे ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्न द्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !