१३ बैशाख २०८१, बिहिबार

ओलीको आरोप : अपराधी गठबन्धनले देश बर्बाद बनाउँदैछ


केपी ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधी गठबन्धनले देश बर्बाद बनाउँदै गरेको भनेर आक्रोश व्यक्त गरेका छन् । उनले सांकेतिक रुपमा सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिएका हुन् ।

आज आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशको अहितमा मात्रै काम गरेको आरोप समेत लगाएका छन् । उनले देशलाई बर्बाद हुनबाट जोगाउनु हरेक नागरिकको कर्तव्य समेत रहेको छन् ।

उनले एमालेलाई हराउन कसैले नसोंचे हुने चेतावनी समेत दिएका छन् । एमाले देशको सबैभन्दा ठूलो पार्टी भएकोले यसलाई कसैले सानो बनाउन नसक्ने जिकिर समेत गरे ।

उनले पटक-पटक देश श्रीलंका जस्तो हुन थालेको दोहोर्याएका थिए । उनले अहिले नै अर्थतन्त्र ध्वस्त भइसकेको भन्दै देश असल राष्ट्रतर्फ उन्मुख भई रहेको समेत बताए । उनले अहिले देशको पैसा बाहिर बाहिरै कारोबार भइरहेको दाबी गर्दै उतै भुक्तानी हुने, तर देशभित्र पैसा नआउने गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !