गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन प्रतिपक्षी एमालेको माग Nepalpatra गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन प्रतिपक्षी एमालेको माग
१५ मंसिर २०७९, बिहिबार

गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन प्रतिपक्षी एमालेको माग


एमालेका तीन अर्थमन्त्रीहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गभर्नर महाप्रसाद अधिकारीमाथिको गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सो माग गरेका हुन् ।

मुलुकको आर्थिक अवस्थाका बारेमा एमालेले पार्टीको धारणा सार्वजनिक गर्न तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज पत्रकार सम्मेलन गरेको हो ।

यस्तो छ हेर्नुहोस् एमालेका तीन पूर्वअर्थमन्त्रीहरुद्वारा जारी प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !