७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको पार्टीले निर्वाचनमा तीन सिट पनि नल्याउने ओलीको दावी


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादी पार्टीले तीन सीट पनि नल्याउने दावी गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती समेत दिएका छन् ।

ओलीले माधव नेपाल नेतृत्वको पार्टी २३ सिट ल्याउने हुति नभएको भन्दै तीन सिट ल्याएर देखाउन चुनौति दिएका हुन् । साथै उनले विगतमा प्रचण्ड नेतृत्वको माओवादीको चारवटा सिट आउँदैन भनेर एमालेसंग मिलेकोले ५४ सिट आएको अनुभव सुनाए ।

एमालेले हरेक क्षेत्र सुक्ष्म तरिकाले विश्लेषण गरिरहेको बताउदै ओलीले स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय भएको आरोप समेत लगाए । उनले नेपाल स्वास्थ्य क्षेत्र शिक्षाको हव हुनुपर्नेमा जोड समेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !