देउवाले बोलाए सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने Nepalpatraदेउवाले बोलाए सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने
२८ श्रावण २०७९, शनिबार

देउवाले बोलाए सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने


सत्ता गठबन्धन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान ११ः३० बजे चुनावी तालमेलबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको हो । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरु बैठकमा सहभागी हुनेछन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

आज बस्न लागेको बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने भएको छ ।

यसअघि चैत्र २२ गते मंगलबार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बसेको बैठकले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु