११ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीद्वारा गोविन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त


गोबिन्द बन्दी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द प्रसाद शर्मा (कोइराला) लाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्री देउवाको सिफारिसमा गोविन्द प्रसाद शर्मा (कोइराला) लाई कानूनमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका तत्कालिन केन्द्रीय सदस्य समेत रहेका गैर सांसद बन्दीलाई मन्त्री बनाएका हुन् । बिगतमा असार २८ को सर्वोच्च अदालतको परमादेश जारी गराउन महत्वपूर्ण भूमिका खेलेका संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका अधिवक्ता बन्दीलाई प्रधानमन्त्री देउवाले मन्त्री पद उपहार दिएका हुन् ।

बन्दीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गर्न कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

बन्दीलाई कानून मन्त्रालयको जिम्मेवारी दिएपछि वर्तमान कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयजी जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारले राष्ट्रपति कार्यालय शीतल निवासलाई जानकारी समेत गराइसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !