७ बैशाख २०८१, शुक्रबार

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


महन्थ ठाकुर अस्वस्थ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । कार्यक्रममको सिलसिलाका लागि भैरहवा पुगेका पुगेका ठाकुर अकस्मात् अस्वस्थ भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी रहेको छ । लोसपा नेता डा. सुरेन्द्र झाले सामाजिक संजाल फेसबुकमा लेख्दै अस्वस्थ ठाकुरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको बताएका छन् ।

साथै उनले प्रारम्भिक जाँचमा कुनै त्यस्तो गम्भीर समस्या नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !