१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय तह निर्वाचनको वारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गर्न सत्ता गठबन्धनका दलहरुका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । जारी बैठकमा चुनावी तालमेलको ‘मोडालिटी’ तय हुने बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश फर्किएकोले चुनावी तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न आज मंगलबार बैठक जारी रहेको हो । यसअघि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुअघि पनि सत्ता गठबन्धनको बैठक बसेको थियो ।

गत १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेपछि प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !