११ बैशाख २०८१, मंगलबार

नेता सिटौलाले भने, ‘कम्युनिष्ट अधिनायकवाद हावी भए कांग्रेसले रोक्छ’


krishna prasad sitoula

११ वैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै लोकतन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् ।

नेता सिटौलाले कम्युनिष्टहरुले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका हुन । उनले मुलुकमा कम्युनिष्ट अधिनायकवाद हावी हुन खोजे कांग्रेसले रोक्ने बताए । नेपाली कांग्रेस मुलुक र राजनीतिक दलको पथ प्रदर्शक भएकाले गलत बाटो हिँड्नेलाई कांग्रेसले नै सुधार गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !