७ बैशाख २०८१, शुक्रबार

माधव नेपालसहित १४ सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ गते हुने


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा
दायर गरेको रिट निवेदनको सुनुवाइ आगामी चैत २७ गते हुने भएको छ ।

न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको हिजो संयुक्त इजलासमा पेसी तोकिएको भएपनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो ।

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि हिजो सुनुवाइ हुन नसकेको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले सोही मागलाई निरन्तर अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !