८ बैशाख २०८१, शनिबार

ओलीको देउवालाई प्रश्न- दिल्ली दूतावासमा चुच्चे नक्सा किन हटाएको ?


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा किन हटाएको भनेर प्रधान गरेका छन् ।

आज आइतबार काठमाडौंमा भएको नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर आउने कि हटाएर ? भनेर प्रधानमन्त्री देउवाप्रति कडा आपत्ति प्रकट गरेका छन् ।

उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर फर्कने कि हटाएर भन्दै प्रश्न गरेका हुन् । ओलीले प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका हुन् ।

ओलीले आपत्ति प्रकट गर्दै भने, “दिल्लीस्थित राजदूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे राखिएको छ, चुच्चे हटाइएको छ । फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, संविधान संशोधन गरेर बनाएको नक्सा राखेर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ शेरबहादुरजी ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !