८ बैशाख २०८१, शनिबार

एआईजी बढुवाविरुद्ध असन्तृष्ट दुई डीआईजी पुगे सर्वोच्च अदालत


सर्वोच्च अदालत

काठमाडौं । तीन जना डीआईजीहरु एआईजीमा बढुवा भएपछि असन्तृष्ट दुई डीआईजीहरु सर्वोच्च अदालत पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयलाई चुनौति दिंदै डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की रिट निवेदन बोकेर सर्वोच्च पुगेको बताइएको छ । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । अर्का डीआईजी ईश्वरबाबु कार्कीले आफु पनि सर्वोच्च जाने तयारीमा गरेका छन् ।

यसअघि तीनै जना डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो ।

बढुवाविरुद्ध कानुनी प्रक्रियामा जाने तीनजनै डीआईजीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनीहरु आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीनै जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !