८ बैशाख २०८१, शनिबार

कमल थापाको प्रश्न- गत १५ वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो ?


कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले २०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लागेको बताएका छन् ।

अध्यक्ष थापाले गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्न आग्रह गरेका छन् । “गत १५वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो?पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ?”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “२०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ।गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस-गत १५वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो?पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ? असंभव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडनोस्।मैले त छोडे।हेरि राख्नु होला,केहि वर्षपछि भाईहरु पनि मेरै बाटोमा आउनुपर्छ।राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ।तर,के गर्नु “उनको” व्यवाहार र सोचाई नै गलत भयो।त्यसैले गालि गलौजमा समय खेर नफाल्नोस्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !