७ बैशाख २०८१, शुक्रबार

देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई दुर्घाटनातिर जानबाट रोक्ने बाटो खोजिरहेको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले सञ्चारमाध्यममा आएजस्तो श्रीलंकाको अवस्थामा नेपाल नपुगेको पनि बताए ।

उनले भने, “मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलंकाले जे समस्या भोगेको छ, कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ । त्यो ठाउँमा नेपाल होइन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !