११ बैशाख २०८१, मंगलबार

आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल : नेता सिंह


प्रकाशमान सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेकाे बताएका छन्।

नेता सिंहले कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर माेडालिटी तय हुने समेत बताए । बुधबार काठमाडौंको बुद्धनगरमा आयाेजित कार्यक्रममा बोल्दै उनले चुनावीमा जनताले पार्टीहरुकाे लेखाजोखा गर्ने बेला आएको बताए । नेता सिंहले सबै नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएकाे कुरा नबिर्सन आग्रह समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !