७ बैशाख २०८१, शुक्रबार

आवश्यकताको आधारमा चुनावमा गठबन्धन गरौँ : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर मात्रै गठबन्धनको बारेमा निर्णय गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा शर्माले आफ्नो धारणा राख्दै आवश्यकताका आधारमा पार्टीले गठबन्धन गर्नुपर्ने सुझाव दिएका हुन् । प्रवक्ता शर्माले अघिल्लो निर्वाचनमा कांग्रेसले ल्याएको मत र अरु पार्टीले ल्याएकोमा के फरक छ भन्ने बारेमा समेत स्पष्ट पारेका थिए ।

तर अर्का महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नभएको दावी गरेका छन् । महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसक्ने बताए ।

काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? भन्दै प्रश्न गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !