१३ बैशाख २०८१, बिहिबार

चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने


प्रधानमन्त्री देउवा बिमानस्थलमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले दोस्रो राष्ट्रमा गर्न लागेको यो पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चैत १८ देखि २० गतेसम्म ३ दिने भारत भ्रमणमा जान लागेको नेपालको परराष्ट्र मन्त्रालयले आज सोमबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले चैत २० गते नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !