८ बैशाख २०८१, शनिबार

चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । केन्द्रीय कार्यसमितिको बैठक केही समयअघि काँग्रेस पार्टी कार्यालयका सानेपामा जारी रहेको हो ।

गत शुक्रबारदेखि शुरु भएको जारी बैठक आज सकिदैंछ । आजको बैठकबाट कांग्रेसले सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा चुनावी तालमेलका विषयमा निर्णय गर्ने प्रवल सम्भावना रहेको छ भने उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्ने पनि भएको छ ।

हिजोको बैठकमा चुनावी तालमेल गर्ने बारेमा पक्ष र विपक्षमा फरक-फरक धारणा आइरहेपनि पार्टीले आवश्यकताको सिद्धान्त अनुसार तालमेलको पक्षमा निर्णय लिने रणनीतिमा काँग्रेस रहेको देखिन्छ ।

सबैभन्दा धेरै चासोको विषयको रुपमा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई सघाउने कि नसघाउने भन्ने विषयमा पनि आजको बैठक तार्किक निष्कर्षमा पुग्ने बुझिएको छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता स्थानीय निर्वाचनमा गठबन्धनको पक्षमा देखिएका छन् भने नेता डा. शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा देखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा हिजो आइतबार पनि स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !