७ बैशाख २०८१, शुक्रबार

लोसपाका केन्द्रिय सदस्य यादव काङ्ग्रेसमा प्रवेश


विजकुमार यादव

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गर्दै यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए । यादवले नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्टी रहेको समेत बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !