७ बैशाख २०८१, शुक्रबार

ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएको नेपालको आरोप


माधवकुमार नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएरको आरोप लगाएका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीले बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको आरोप लगाए ।

आइतबार समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !