गृहमन्त्रीको प्रतिबद्धता : सांसदमाथि भएको आक्रमणबारे छानबिन गरिनेछ Nepalpatra गृहमन्त्रीको प्रतिबद्धता : सांसदमाथि भएको आक्रमणबारे छानबिन गरिनेछ
११ आश्विन २०७९, मंगलबार

गृहमन्त्रीको प्रतिबद्धता : सांसदमाथि भएको आक्रमणबारे छानबिन गरिनेछ


बालकृष्ण खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।

शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुग्नुभएका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।

गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !