१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको जिकिर : अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा छ


प्रचण्डको जिकिर

गोरखा । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हार्ने खतरा रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन लागी परेको बताए ।

गणतन्त्र बिरोधीहरु जनताका समावेशी अधिकार, समानुपातिक अधिकार खोस्न अझै उद्दत रहेको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले भने, ‘परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्नेछ ।’

पटक-पटक संविधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उनको भनाई थियो । अध्यक्षले माओवादी केन्द्र एक महिना मात्र जागे देश फेरि माओवादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, गाउँगाउँमा सिंहदरबार हुनुहुँदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले संघियता,गणतन्त्र लगायतका प्राप्त उपलब्धी माओवादीले जन्माएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !