७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड आज बाबुरामको गृह जिल्ला गोरखा जाँदै


प्रचण्ड चितवनमा फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गाेरखा जाँदै छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखा जान लागेका हुन् ।

प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्नका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले बताएको छ । यसरी गाेरखामा एकछत्र आफ्नो बर्चस्व कायम गर्दै आएका डा. भट्टराईको जिल्लामा पुगेर प्रचण्डले गाउँपालिकाको भवन उद्घाटन गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !