११ बैशाख २०८१, मंगलबार

ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने गरेको नेपालको आरोप


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । साता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो आरोप लगाएका हुन् । उनले ओलीले सत्ता गठबन्धन तोड्न लागेको आरोप समेत लगाए ।

गठबन्धन तोड्न ओली लागिपरेको र राप्रपासँग साँठगाँठ गर्न खोजिरहेको उनले बताए । ओलीले विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेको नेपालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !