८ बैशाख २०८१, शनिबार

नेकपा एमालेद्वारा उम्मेदवार छान्ने ६ मापदण्ड तय


एमालेको केन्द्रीय कमिटी तेस्रो बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । आज बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त मापदण्ड पारित गरेको हो ।

जसअनुसार उम्मेदवार हुनको लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्ध हुनुपर्ने, निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्नुपर्ने, लोकप्रियता र विजयको सुनिश्चितता हुनेलाई उम्मेदवार बनाउनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा भएको हुनुपर्ने, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण भएको हुनुपर्ने तथा सन्तुलन र समावेशिताको आधारमा उम्मेदवार छान्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । एमालेको स्थानीय तहको उम्मेदवारहरूको सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !