११ बैशाख २०८१, मंगलबार

कृष्णबहादुर महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश


प्रमोद शर्मा

दाङ । सत्ता साझेदार माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै शर्मा एमाले प्रवेश गरेका हुन्।

उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । शर्मा सँगै उनकी श्रीमती सीता चौधरी पनि एमालेमा प्रवेश गरेकी छन् । शर्मा माओवादीको घोराही उपमहानगरपालिका अध्यक्ष थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !