७ बैशाख २०८१, शुक्रबार

आउने चुनाव फरक प्रकारको ब्याटल भएको प्रचण्डको टिप्पणी


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन माओवादीको लागि ब्याटल भएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।

पार्टीका नेता कार्यकर्ताहरूले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरूले कसरी आक्रमण गर्छन् भन्ने संसद् विघटनसम्मको घटनाले देखाएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !