८ बैशाख २०८१, शनिबार

नेविसंघको अध्यक्षमा शेर्पा, तरुण दलमा गुरुङ नियुक्त


नेपाली कांग्रेस र विद्वान गुरुङ

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र युवा संगठन नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेको हो ।

कांग्रेसका सभापति देउवाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघहरु-नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा देहाय बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने बताइएको छ ।

यस्तो छ काँग्रेसले निकालेको प्रेस विज्ञप्ति

काँग्रेसले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !