१३ बैशाख २०८१, बिहिबार

उच्च शिक्षा सञ्चालन गर्न छुट्टै ऐन आवश्यक छ : महामन्त्री थापा


गगन थापा फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको बताए ।

बुधवार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको समेत बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !