४ बैशाख २०८१, मंगलबार

स्थानीय तहमा बहुमत ल्याउनका लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउनका लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको बताए । स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !