२४ आश्विन २०८१, बिहीबार

देव गुरुङ भन्छन्- देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य


देव गुरुङ फाइल फोटो

पोखरा । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।

प्रमुख सचेतक गुरुङले काँग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे । पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

काँग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे । उनले भने, “माओवादीको पहल कदमीमा काँग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !