६ बैशाख २०८१, बिहिबार

‘संघीयता विरोधीले नै संघीय व्यवस्थामा हालीमुहाली गरिरहे’


देव गुरुङ

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयता विरोधीहरुले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएका छन् ।

वाइसीएल नेपाल भक्तपुरको आज प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना दलले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखण्डा बनाएको आरोप लगाए ।

संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै उनले नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न अझै पनि प्रयास भइरहेको बताए ।

पार्टीका केन्द्रीय सदस्यहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटा लगायतले समसामयिक राजनीति र युवाहरुको भूमिका माथि प्रकाश पारेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !