६ बैशाख २०८१, बिहिबार

झलनाथ खनाललाई एमालेको मतपेटिका खाली गरेर देखाउन नेम्वाङको चुनौती


jhalanath khanal and suvas newang

इलाम । प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई एमालेको मतपेटिका खाली गर्न चुनौती दिएका छन् ।

इलाममा आयोजना गरिएको एक सभामा बोल्दै नेम्बाङले अबको निर्वाचनमा केपी ओली र एमालेको मतपेटिका खाली गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले यो देशभरि ओर्लिएको एमालेको जनसागर हुँदा हुँदै कसरी एमालेको मतपत्र खाली हुने होला भन्दै प्रश्न गरेका छन्।

खनालको क्षेत्रमा एमालेको जनसागर उर्लिएको दाबी गर्दै नेम्बाङले भने, “यो देखेर कोही कोही छक्क परिरहेका होलान्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !