१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको पोखरामा कार्यक्रम भएपछि प्रदेशसभाको बैठक नै गरियो स्थगित


प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरामा भएपछि गण्डकी प्रदेशसभाको बैठक नै स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डको कार्यक्रममा सांसदहरू व्यस्त हुने भन्दै आज आइतबार १ बजेको लागि तय गरिएको गण्डकी प्रदेश सभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको हो ।

गण्डकी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।

सोही कार्यक्रमलाई प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !