१३ बैशाख २०८१, बिहिबार

झलनाथ खनालको क्षेत्रमा एमालेको आज बृहत् जनसभा हुँदै, ओलीले सम्बोधन गर्ने


केपी शर्मा ओली र झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा नेकपा एमालेको आज शक्ति प्रदर्शन गर्ने भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

एमाले अध्यक्ष ओलीले आज आइतबार खनालको क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा आयोजना हुन लागेको जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् । उक्त जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जाने भएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले इलामको निर्वाचन क्षेत्र नम्बर १ मा हुन लागेको उक्त जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इलामको उक्त क्षेत्रवाट विगतमा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।

खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको दावी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !