८ बैशाख २०८१, शनिबार

चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्नु : प्रचण्ड


प्रचण्ड

लुम्बिनी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !