१३ बैशाख २०८१, बिहिबार

स्वास्थ्यमन्त्री खतिवडा र सहरी विकास मन्त्री झाँक्रीलाई फिर्ता बोलाउने तयारी


विरोध खतिवडा, रामकुमारी झाँक्री

काठमाडौं । नेपाल (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । विशेष स्रोतका अनुसार सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाउने सहमति भइसकेको छ ।

पार्टीभित्रै बाट मन्त्रीको कामप्रति असन्तुष्टि जनाएपछि अन्य मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको एक नेताले जानकारी दिए । एक नेताका अनुसार मन्त्री बन्दै गर्दा ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएकाले फिर्ता बोलाउन लागेको हो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !