८ बैशाख २०८१, शनिबार

विवेकशीलका सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य पद ‘चैट’ !


विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेश सभा सांसद रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।

फागुन २९ गते बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको एक नेताले जानकारी दिए ।

पदमुक्त हुनेहरुमा पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम रहेका छन् ।

त्यस्तैगरी शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !