७ बैशाख २०८१, शुक्रबार

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा विजयी


जङ्गबहादुर लामा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए ।

नेता जङ्गबहादुरका प्रतिस्पर्धी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !