८ बैशाख २०८१, शनिबार

कमल थापाको गुनासो : मविरुद्ध गाली गर्नेहरु योजनावद्ध रुपमा लागे


कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले “लोकतान्त्रिक हिन्दुराष्ट्रको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण” गर्ने बिचार केही वर्षमा राष्ट्रिय राजनीतिको मुलधार र राप्रपा नेपाल देशको राजनीतिक,आर्थिक र सामाजिक रुपान्तरणको अग्रणी शक्ति हुने दावी गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष थापाले अहिले आफूलाई गाली गर्नेहरु योजनावद्ध रुपमा लागेको बताएका छन् ।

उनले लेखेका छन्, “अहिले मलाई गालि गर्नेहरु योजनावद्धरुपमा लागेका छन् ,तर हेर्दै जानु होला “लोकतान्त्रिक हिन्दुराष्ट्रको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण” गर्ने बिचार केही वर्षमा राष्ट्रिय राजनीतिको मुलधार र राप्रपा नेपाल देशको राजनीतिक,आर्थिक र सामाजिक रुपान्तरणको अग्रणी शक्ति हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !