८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्नि प्रसाद सापकोटाले फागुन २२ गते बसेको बैठकमा ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै बैठक एक साता सार्दै आज दिउसो १ बजे बस्ने गरी स्थगित गरेका थिए ।

संघीय संसद सचिवायलद्वारा सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने रहेको छ ।

यस्तै आज बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो कार्यसूचीमा नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २७५ को नियम १६१ को उपनियम (१) बमोजिम सांसदहरु देव प्रक्ष गुरुङ, पम्फा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक भई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने रहेको छ ।

यस्तो छ हेर्नुहोस् आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !